काठमाण्डौ । विश्वव्यापी रुपमा ख्यातिप्राप्त रिया मनी ट्रान्सफरबीच र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबार सुरु भएको छ। 

अब विदेशमा रहेका नेपालीले रिया मनी ट्रासफरको सेवा प्रयोग गरी अमेरिका, युरोप तथा १६० अन्य देशहरुबाट सिटी एक्सप्रेसमार्फत खल्ती एपबाट सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नुका साथै खल्ती मोबाइल वालेटमा लोड गर्न पनि सकिनेछ। 

सम्झौतामा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टन्डन र रिया मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत Shawn D. Fielder ले हस्ताक्षर गरेका छन्। 

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १५ वर्षदेखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२ हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिनेजस्ता सुविधा प्रदान गर्दै आइरहेको छ।