काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत वैशाख २ र ३ गते बुटवल र भरतपुरमा आफ्नो सेवा प्रदान गर्ने एजेन्टहरुका लागि एक–एकदिने एजेन्ट भेटघाट र एएमएल÷सीएफटी तालिम कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा बुटवल र भरतपुरबाट उल्लेखनीय सहभागिता थियो। कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टन्डनलगायत व्यवस्थापन समूहको उपस्थिति थियो।
विगतको समीक्षा तथा आगामी वर्षको कार्ययोजना तयार गरी यस वर्षको बुटवल र भरतपुरको एजेन्ट मिट कार्यक्रम सम्पन्न गरिएको थियो।
सिटी एक्सप्रेसले रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै ‘जहाँ नेपाली, त्यहाँ सिटी एक्सप्रेस’ भन्ने आफ्नो नारालाई आत्मसाथ गर्दै विगत १५ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५ हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिनेजस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19