काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफर नेपाल रं साउदी अरबस्थित टेलिमनी बैंकको संयुक्त आयोजनामा ‘नेपाल पैसा पठाउनुहोस् र पुरस्कार जित्नुहोस्’ अफर उपहार योजनाको बम्पर विजेतालाई कार हस्तान्तरण गरिएको छ। यो योजना गत नोभेम्बर १, २०२१ देखि ६ महिनाका लागि सञ्चालन भएको थियो।
यो उपहार योजनाअन्तर्गत साउदीको टेलिमनी बैंकमार्फत नेपालमा सिटी एक्सप्रेसमा रेमिटान्स रकम पठाउँदा १५ जनाले सामसुङ मोबाइल फोन, तीनजनाले १० ग्राम सुन, तीनजनाले ५००० नगद साउदी रियाल, तीनजनाले आईफोन १३ प्रो माक्स र बम्परमा एकजनाले निसान सन्नी कार प्राप्त गरेको घोषणा भएको थियो। ती सबै पुरस्कार २–२–२ महिना गरी ६ महिनासम्म विद्युतीय लक्की ड्रमार्फत घोषणा गरिएको थियो। अन्तिममा बम्पर उपहारको घोषणा गरिएको हो।
सोही योजनाअनुरुप गत भदौ ३ गते साउदीस्थित टेलिमनी सेन्टरमा आयोजित कार्यक्रमका बीच बम्पर उपहार (निसान सन्नी) कार विजेतालाई पुरस्कार हस्तान्तरण गरिएको छ। महोत्तरीको रामगोपालपुरनिवासी हाल साउदीमा कार्यरत ३५ वर्षीय जम्सेद नदापलाई बम्पर पुरस्कार हस्तान्तरण गरिएको हो। जम्सेद विगत ६ वर्षदेखि साउदीमा काम गर्दै आइरहेका छन्।
उक्त पुरस्कार हस्तान्तरण कार्यक्रममा विशिष्ट ब्यक्तित्वहरुको उपस्थिति थियो। नेपाली राजदूतावासका मिसन उपप्रमुख दिलिपकुमार पौडेल, सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टन्डन, Basem B. Madda – टेलिमनी केन्द्र प्रमुख, Abdulelah A. Bin Twalah–सेल्स म्यानेजर, जीतेन्द्र थपलिया (टेलिमनी रेमिट्यान्स म्यानेजर र अन्य टेलिमनी बैंकका प्रतिनिधिका साथ बम्पर उपहार विजेता जम्सेद नदापलाई कार हस्तान्तरण गरिएको थियो।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १६ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५ हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिनेजस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19