काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी आयो, दसैँतिहारलाई गोल्डेन बनायो’ योजनाअन्तर्गत दोस्रो महिनाको १ तोला सुन विजेताको नाम घोषणा गरेको छ।

कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा यूकेबाट रेमिट्यान्स पठाउने नुना गुरुङले १ तोला सुन जित्न सफल भएकी छिन्। सोही योजनाअन्तर्गत असोज १२ देखि कात्तिक १५ गतेसम्म दोस्रो चरणको अन्य पाँचजनाले साप्ताहिक उपहार १०–१० तोला चाँदी जित्न सफल भएका छन्। 

साउदी अरबबाट अजय तामाङ, कोरियाबाट रविन्द्र मानन्धर, कुवेतबाट सुनिता दराई, इराकबाट सुशीला तामाङ साथै कुवेतबाट रेमिट्यान्स पठाउने हसन मोहम्मद नाउ गरी ५ जनाले १०–१० तोला चाँदी जित्न सफल भएका छन्।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत भदौ १५ गते समस्त नेपालीको महान चाड २०७९ सालको दसैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकसँग पर्वको खुसी साट्न लगातार ६३ दिनसम्म चल्ने यो उपहार योजना घोषणा गरेको थियो । सोही योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदीका साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेतालाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एकजना भाग्यशाली बम्पर बिजेतालाई ५ तोला सुन उपहार प्रदान गरिनेछ।

कम्पनीका अनुसार यो योजना भदौ १५ गतेदेखि कात्तिक १५ गतेसम्म चलेको थियो। यो अवधिभरी सिटी एक्सप्रेसमार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी भएका हुन्। यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिन्छ। 

कम्पनीले अब छिट्टै ५ तोला सुन जित्ने बम्पर विजेताको नाम पनि लक्की ड्रमार्फत घोषणा हुने जानकारी गराएको छ।

सिटी एक्सप्रेसले रेमिटन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै विगत १६ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। 

आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५ हजारभन्दा बढी भुक्तानी केन्द्रहरुमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिनेजस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ।