काठमाण्डौ। सिटी एक्सप्रेस मनी ट्रान्सफरले हिजो असार २७ गते १६ वसन्त पार गरेर १७ औँ वर्षमा प्रवेश गरेको छ।
यही १७ औँ वार्षिकोत्सवका अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरले ब्रान्ड एम्बेसेडरमा हास्य कलाकार जितु नेपाललाई नियुक्त गरेको छ । जितु नेपालले सिटी एक्सप्रेस मनी ट्रान्सफरको ब्रान्ड तथा यसको मूल्य एवं मान्यतालाई सशक्त प्रतिनिधित्व गर्ने कम्पनीको विश्वास छ।
कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टन्डन र हास्य कलाकार जितु नेपालले बुधबार काठमाण्डौँमा आयोजित एक कार्यक्रमकाबीच सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले वार्षिकोत्सवकै उपलक्ष्यमा मुख्य अभिप्राय ‘रक्तदान गर्नुहोस्, जीवन दान पाउनुहोस्’ भन्ने मूल नाराका साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत खुला रक्तदान कार्यक्रमको आयोजना पनि गरेको छ। सिटी एक्सप्रेसको कमलादीस्थित आफ्नै मुख्य कार्यालयमा उल््लेख्य सहभागिताका साथमा रक्तदान गरिएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19