काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफर अपाङ्गता भएका व्यक्तिहरुको ३२औं अन्तरराष्ट्रिय दिवसको अवसरमा सम्मानित भएको छ । 

राष्ट्रिय अपाङ्ग कोषले आइतबार कम्पनीलाई सम्मान गरेको हो । उक्त सम्मान कार्यक्रमका प्रमुख अतिथि एवं शहरी बिकास मन्त्री सिता गुरुङले हस्तान्तरण गरेकी हुन् ।

गत वैशाखमा  कम्पनीले सामाजिक उत्तरदायित्व अन्तरगत राष्ट्रिय अपाङ्ग कोषलार्ई ५ लाख रुपैयाँ सहयोग गरेको थियो । कम्पनीले राष्ट्रिय अपाङ्ग कोषसँग सहकार्य गरि बैदेशिक रोजगारीका क्रममा  अपाङ्गता भएकाहरुलाई सेवा पु¥याउने उदेश्यले राष्ट्रिय अपाङ्ग कोषलार्ई  उक्त रकम सहयोग गरेको बताएको छ । 

राष्ट्रिय अपाङ्ग कोषले वार्षिक १ हजार ५०० अपाङ्गता भएका व्यक्तिहरूका लागि आवश्यक सहयोग सामग्री तथा अन्य आवश्यक सहायक सामग्री उत्पादन एवं वितरण गर्नुका साथै गुणस्तरिय फिजियोथेरापी, अकुपेशनल र परामर्श सेवा उपलब्ध गराउँदै आएको छ । 

कम्पनीले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्षदेखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । साथै कम्पनीले सिटी पे वालेटमार्फत् अनलाइन भुक्तानीको सेवा पनि सुचारु गरेको छ ।