काठमाण्डौ । बेलायतको ख्यातिप्राप्त रेमिटान्स कम्पनी ईजेड रेमिट (बीएफसी बैंक) र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबर सुरु भएको छ ।
कुवेत, बहराईन मलेशिया ,भारत, बेलायतलगायत विश्वभरि रहेका ईजेड रेमिट (बीएफसी बैंक) को ब्रान्च तथा एजेन्टहरुबाट अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नुहुनेछ र नेपालमा सिटी एक्सप्रेससँग आबद्ध ७ हजारभन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने या कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न सकिनेछ ।
उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र ईजेड रेमिट (बीएफसी बैंक)का तर्फबाट प्रमुख वित्तीय अधिकृत एम मल्लिकले हस्ताक्षर गरेका छन् ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १३ वर्षदेखि विश्वभिी आफ्नो रेमिट एजेन्टहरुबाट ७ हजारभन्दा बढी नेपालको एजेन्टहरुमार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago