काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स तथा सिप्रदी ट्रेडिङ प्रालिबीचमा बीमितहरुलाई नगदरहित सवारीसाधन मर्मतसम्भार गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सम्झौताअनुसार सिप्रदी ट्रेडिङले बिक्री गरेको र सिद्धार्थ इन्स्योरेन्समा बीमा भएका सवारीसाधनहरु क्षति भई मर्मत गर्नु परेमा सिप्रदी ट्रेडिङका नेपालभरका कुनै पनि आधिकारिक वर्कशपमा मर्मत सम्भार गर्दा वीमितहरुले वीमालेखको रक्षावरणसम्मको रकम वर्कशपलाई सिद्धार्थ इन्स्योरेन्सबाट भुक्तानी हुनेछ ।

सम्झौतापत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्री तथा र सिप्रदीका भाइस प्रेसिडेन्ट शौरभराज थपलियाले हस्ताक्षर गरेका छन्। 

सम्झौतावाट वीमितले झन्झटरहित र प्रभावकारी बीमा दावीको सेवा प्राप्त गर्न सक्ने कम्पनी विश्वास गरेको छ ।