काठमाण्डौ । सिद्धार्थ बैंकले आफ्नो १८ औं वार्षिकोत्सवका अवसर पारी कर्मचारीको सहभागीतालाई मध्यनजर गर्दै कर्मचारी संलगन्ता प्रतियोगिता ल्याएको थियो । 

प्रतियोगितामा देशभरबाट १२४ जना बैंकका कर्मचारीले लेख, एनिमेसन भिडियो, टिटक भिडियो र चित्रकला गरी कुल ४ वटा विधामा सहभागिता जनाएका थिए । कार्यक्रमको नतिजा आज सिद्धार्थ बैंकको प्रधान कार्यालय हात्तिसारमा एक समारोहका बीच सम्पन्न भएको थियो भने कार्यक्रममा बैंकका अधिकांश कर्मचारीले डिजिटल्ली नै आफ्नो हाजिरी जनाएका थिए । 

विजेताहरुलाई बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले पुरस्कार हस्तान्तरण गरेका थिए। उनले सबै प्रतियोगीलाई धन्यवाद ज्ञापन गर्दै यस्ता प्रतियोगिताले कर्मचारीको हौसला बढाउने तथा कर्मचारीमाझ हर्ष र उत्साह सिर्जना गर्ने भएकाले आगामी दिनहरुमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिँदै जाने भनेर उल्लेख गरे। सबै कर्मचारीलाई यस किसिमका कार्यक्रममा सहभागिता जनाउन उनले प्रोत्साहन पनि गरे।