काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले भोलि शुक्रबार (चैत १३ गते) देखि विदेशी मुद्राको भुक्तानी गर्न अझै सहज, आधुनिक र विश्वस्तरीय बनाउने उद्देश्यले ‘सिद्धार्थ ई–कम’ कार्डको सुरुआत गर्ने भएको छ।
यो सुविधा सञ्चालनपश्चात सिद्धार्थ बैंकका ग्राहकले नेपाली रुपैयाँलाई अमेरिकी डलर ५०० वा सोबराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सटही गरेर सिद्धार्थ बैंकको ई–कम कार्ड प्रयोग गरी नेपालबाटै विदेशमा भुक्तानी गर्न सक्नेछन्।
ई–कम कार्ड जारी गर्दा प्रयोगकर्ताको ग्राहक पहिचान (केवाईसी) विवरण अद्यावधिक भएको तथा सम्बन्धित प्रयोगकर्ताले स्थायी लेखा नम्बर लिएको हुनुपर्नेछ र प्रयोगकर्ताले एकै पटक वा पटक–पटक गरी एक वर्षमा बढीमा अमेरिकी डलर ५०० वा सोबराबरको परिवर्त्र्य मुद्रा जम्मा गर्न सक्छनेछन्।
बैंकले ल्याएको यो सुविधाले ग्राहकलाई सहज सेवा उपलब्ध हुने, अन्तर्राष्ट्रिय किनमेल सेवा अझ बढी सुविधाजनक बनाउने र बैंकिङ प्रणाली अझ बढी प्रभावकारी र ग्राहकमैत्री बनाउने बैंकको विश्वास छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19