काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेड र ललितपुरको इमाडोलस्थित अर्थोप्लास्ट रिह्याब सेन्टर प्रालिबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ। 

उतm सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट कुमारीपाटी शाखाका हेड अफ सर्कल अफिस ज्ञानेन्द्र महर्जन र अर्थोप्लास्ट रिह्याब सेन्टरका तर्फबाट प्रबन्ध निर्देशक हरिकुमार तामाङले हस्ताक्षर गरेका छन्। 

उक्त सम्झौताअनुसार बैंकका ग्राहकले अर्थोप्लास्ट रिह्याब सेन्टरमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङ, इन्टरनेट बैैंकिङ प्रयोग गरेबापत फिजियोथेरापी सेवाका भुक्तानी शुल्कमा २५% सम्मको छुट प्राप्त गर्न सक्नेछन्। यसका साथै उपत्यकाबाहिरका विभिन्न विस्तारित सेवा केन्द्रहरु टुम्लिङटारस्थित मनकामना अस्पताल, चितवनस्थित चितवन फिजियोथेरापी र रिह्याबिलिटेसन सेन्टर, पोखरास्थित पार्कल्यान्ड अस्पताल, बुटवलस्थित नवजिवन फिजियोथेरापी र रिह्याबिलिटेसन सेन्टर तथा धनगढीस्थित न्युरोप्लास्ट फिजियोथेरापी र रिह्याबिलिटेसन सेन्टरमा पनि ग्राहकले छुट प्राप्त गर्न छन्। 

यस सुविधाले बैंकका ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ। बैंकले डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङलगायतका डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न विभिन्न समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ।