काठमाण्डौ। कामना सेवा विकास बैंकले पुस ९ र १० गते आयोजना गरेको पहिलो फुटसल प्रतियोगिता ‘कामना सेवा फुटसल कप २०२१’ को उपाधि सिद्धार्थ बैंकले जित्न सफल भएको छ। 

हाँडीगाउँस्थित धन्यन्तरी फुटसल मैदानमा शनिबार भएको फाइनल खेल निर्धारित समय सम्ममा आइपुग्दा २–२ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा प्रतिस्प्रधी टिमलाई हराउँदै सिद्धार्थ बैंकले उपाधि जितेको हो। 

निर्धारित समयमा सिद्धार्थका तर्फबाट भाष्कर देवकोटा र राजु श्रेष्ठले गोल गरेका थिए। टाइब्रेकरमा सिद्धार्थ बैंक २–१ गोलले विजयी भएको हो। 

उक्त फुटसल प्रतियोगितामा सिद्धार्थ बैंकका शान्तिराम कार्की सर्वाधिक गोलकर्ता र सिद्धार्थ बैंककै भाष्कर देवकोटा प्रतियोगिताको सर्वोकृष्ट खेलाडीका रुपमा पुरस्कृत भएका छन्।