काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेड र चितवनको भरतपुरस्थित चितवन मिडटाउन रिसोर्ट प्रालिबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।
उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट बागमती प्रदेश प्रमुख दुर्गाराज पाण्डे र चितवन मिडटाउन रिसोर्टका तर्फबाट प्रबन्ध निर्देशक मदन घिमिरेले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार बैंकका ग्राहकले चितवन मिडटाउन रिसोर्टमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङ वा इन्टरनेट बैंकिङ प्रयोग गरेबापत होटेल बसाइ सेवाको भुक्तानी गर्दा १५% सम्मको छुट र रेस्टुरेन्ट, खाना तथा पेय पदार्थ सेवाको भुक्तानी गर्दा १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन्।
यस सुविधाले ग्राहकलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबार गर्न जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ। बैंकले डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङलगायतका डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ।
डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरु सिद्धार्थ बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19