काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले बुधबार काठमाण्डौको सिनामंगलमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। 

बैंकले सिनामंगल क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा सहज ढंगले पुर्याउने उद्देश्यका साथ उक्त एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो। अहिले कोरोनाभाइरस महामारीको अवस्थामा पनि बैंकले सतर्कताका विधि अपनाई आफ्ना सबै सर्भिस आउटलेटहरुबाट बैंकिङ सेवा तथा सुविधाहरु निरन्तर प्रदान गरिरहेको छ।

सजिलो बैंकिङ सेवा (शाखारहित बैंकिङ), एटीएम, पीओएस मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने तथा डेबिट र क्रेडिट कार्ड आवेदन दिन सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, एटीएम कार्ड, ४५० भन्दा बढी व्यावसायिक केन्द्रहरुबाट विशेष छुट प्राप्त गर्न सकिने गरी जारी गरिएको Uno क्रेडिट कार्डजस्ता सेवामार्फत बैंकले उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ। 

ग्राहकको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन हरदम प्रतिबद्ध रहेको बैंकले जनाएको छ।