काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेड र वीरगन्जको गण्डकस्थित कलार्क्स रिसोर्टबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।
सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट वीरगन्ज शाखाका शाखा प्रबन्धक बाबुराम न्यौपाने र कलार्क्स रिसोर्टका तर्फबाट महाप्रबन्धक राजेश रन्जनले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार बैंकका ग्राहकले कलार्क्स रिसोर्टमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङ वा इन्टरनेट बैैंकिङ प्रयोग गरेबापत होटल बसाइ सेवाको भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट र रेस्टुरेन्ट, खाना तथा पेयपदार्थ सेवाको भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।
यस सुविधाले ग्राहकलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबार गर्न जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।
बैंकले डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङलगायतका डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ।
डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण सिद्धार्थ बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19