काठमाण्डौ। सिद्धार्थ बैंक लिमिटेडले बिहीबार काठमाण्डौको बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई सामाजिक उत्तरदायित्वअन्तर्गत रु. १५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

उक्त रकम बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीलाई हस्तान्तरण गरेका छन्। 

बैंकबाट प्राप्त उक्त रकम सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र सर्जिकल वार्ड विस्तार गरी बेडहरु थप गर्नका लागि उपयोग गर्नेछ। उक्त सहयोगबाट अस्पतालका मुटुरोगी बिरामीहरुलाई केही हदसम्म भए पनि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

बैंकले शिक्षा, स्वास्थ्य, वातावरण, पर्यटन, सांस्कृतिक सम्पदा, पूर्वाधार र सुरक्षाजस्ता क्षेत्रअन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व निर्वाहसम्बन्धी कार्यहरुमा सहभागिता जनाउँदै आएको छ। आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको छ।