काठमाण्डौ। सिद्धार्थ बैंक लिमिटेडले पेप्सीकोलास्थित सूर्यमुखी पार्कमा आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत रही क्यालिस्थेनिक्स पार्क सञ्चालनमा ल्याएको छ। 

नेपाली युथ फिटनेस एन्ड क्यालिस्थेनिक्सको सहकार्यमा निर्माण गरिएको उक्त पार्कको यही चैत १२ गते बैंकका प्रमुख भ्याली रिर्सोसेस प्रदीप पन्त र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव तोयम रायामाझीले उद्घाटन गरेका हुन्। व्यस्त जीवनशैलीका कारण शारीरिक व्यायामको कमीले बढ्दै गएको स्वास्थ्य समस्या कम गर्नुका साथै खुला स्थानको सदुपयोग गर्ने उद्देश्यका साथ बैंकले उक्त पार्क निर्माण गर्न आर्थिक सहयोग प्रदान गरेको हो। 

निःशुल्क व्यायाम उपकरणको सुविधा भएको उक्त पार्क सञ्चाल पश्चात् त्यस क्षेत्रका स्थानीयका लागि स्वस्थ जीवनशैली विकास गर्न केही हदसम्म भए पनि मद्दत पुग्ने विश्वास बैंकले लिएको छ। 

बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाहसम्बन्धी कार्यहरुमा सहभागिता जनाउँदै आएको छ। आगामी दिनमा पनि  संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैँ उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने बैंकले जनाएको छ।