काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले सहिद स्मारक बी डिभिजन फुटबल प्रतियोगितामा सहभागी हुन काठमाण्डौको बाँसबारी–३ स्थित बाँसबारी क्लबलाई ४ लाख रुपैयाँ प्रदान गरी प्रायोजन गर्ने सहमति गरेको छ। 

सहमतिपत्रमा बैंकका तर्फबाट प्रमुख भ्याली रिसोर्सेस प्रदिप पन्त र बाँसबारी क्लबका तर्फबाट अध्यक्ष प्रेम थापाले हस्ताक्षर गरेका छन्। 

खेलाडीहरुको हितलाई मध्यनजर गर्दै बैंकद्वारा सो रकम खेलाडीहरुको खेल तयारी र आवश्यक खेल सामग्री खरिद गर्न क्लबलाई प्रदान गरिएको हो। बैंकले विगतदेखि नै विभिन्न खेल तथा खेलकुद आयोजनाहरुमा सहभागिता जनाउदै आएको छ। 

उक्त सम्झौताले  खेलाडीहरुमाझ खेलप्रति झनै धेरै उत्साहित बनाएको छ। यसका साथै यस्ता सम्झौताहरुले खेलाडीहरुलाई खेलमा उत्प्रेरित गराउने र खेलाडीहरुको विकासमा योगदान पुर्याउने विश्वास बैंकले लिएको छ।