काठमाण्डौ। सिद्धार्थ बैंक लिमिटेड र पोखरास्थित अन्नपूर्ण केबल कार प्रालिबीच बैंकका ग्राहकलाई केबल कारको टिकटमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ। 

सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख अमित श्रेष्ठ तथा अन्नपूर्ण केबल कारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरेका छन्। 

सम्झौताअनुसार बैंकका ग्राहकले अन्नपूर्ण केबल कारमा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङ र इन्टरनेट बैैंकिङ प्रयोग गरी केबल कारको टिकट खरिदबापत १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन्। 

यसले ग्राहकलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ। बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ। 

डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण सिद्धार्थ बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ।