काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले तिहारको अवसर पारी आफ्ना ग्राहकहरुलाई लक्षित गर्दै डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथरु.४०० क्यासब्याक योजना ल्याएको छ ।
यस योजनाअन्तर्गत ग्राहकले बैंकको डेबिटकार्ड प्रयोग गरी पहिलोपटक रु। ५०० वा सोभन्दा बढी रकमको पिओएस् अथवा अनलाइन कारोबार गर्दा रु. ४०० क्यासब्याक पाउन सक्ने बैंकले एक विज्ञप्तिमार्फत जनाएको छ ।
यस योजनाले सर्वसाधारण ग्राहकलाई नगद भुक्तानीबाट डिजिटल भुक्तानीतर्पm आकर्षित गर्ने विश्वास बैंकले लिएको छ ।
हाल यो बैंकले देशभरका १९३ शाखा(४ एक्सटेन्सन काउण्टरसहित), ११८ शाखारहित बैंकिङ इकाई र १७०० भन्दा बढी पिओएस मसिन तथा २० हजार बढी क्यूआर मर्चेन्टमार्फत आफ्नो सेवा दिंदै आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago