काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले रेमिट्यान्स सेवालाई सरल, सहज र सुरक्षित बनाउने उद्देश्यले भिसा इन्टरनेसनलसँगको सहकार्यमा ‘भिसा रेमिट्यान्स’ सेवाको सुरुआत गरेको छ।

यस नवीन सेवामार्फत विश्वका १८० भन्दा बढी देशबाट स्वदेशी तथा विदेशी ग्राहकले आफ्ना परिवार, आफन्त तथा साथीहरुलाई छिटो तथा सुरक्षित तरिकाले रकम पठाउन सक्नेछन्। स्वदेशी तथा विदेशी ग्राहकले भिसा रेमिट्यान्स सेवामा आबद्ध भएका बैंकहरुको मोबाइल वा इन्टरनेट बैंकिङ तथा रेमिट्यान्स कम्पनीहरुमार्फत भिसा कार्डको १६ अंकको नम्बर प्रयोग गरी उक्त रकम पठाउन सक्नेछन्। 

यसरी भिसा रेमिट्यान्स सेवामार्फत पठाइएको रकम बैंकले जारी गरेको भिसा डेबिट (लिंक गरिएको बैंक खातामा) तथा क्रेडिट कार्डमा सोझै प्राप्त गर्न सकिनेछ। यो सेवाले गर्दा ग्राहकको रेमिट्यान्स सेवा अझ छिटो, सुरक्षित र सुविधाजनक रहने विश्वास बैंकले लिएको छ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले हाल देशभर १९३ वटा शाखा (४ एक्सटेन्सन काउन्टरसहित), ११८ शाखारहित बैंकिङ सेवा, १ हजार ७०० भन्दा बढी पीओएस मेसिन र २० हजारभन्दा बढी क्यूआर मर्चेन्टमार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बंैैकिङ सेवा प्रदान गर्दै आएको छ। 

यसका साथै बैंकले आफ्नो सेवा सञ्चालनमा डिजिटल माध्यमलाई अधिकतम महत्व दिँदै सुरक्षित तरिकाले अनलाइनबाटै बचत, मुद्दति र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिनेजस्ता विभिन्न डिजिटल बैंकिङ सुविधाहरु आफ्नो वेबसाइटमा रहेको इजीबैंक पोर्टलमार्फत प्रदान गर्दै आएको छ।