काठमाण्डौ । सिद्धार्थ क्यापिटल लिमिटेडले काठमाण्डौ महानगरपालिका वडा नं. २७ को सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। 

दरबार हाई स्कुलमा शनिबार आयोजित कार्यक्रममा व्यक्तिगत वित्तीय व्यबस्थापन, बचत र लगानीका बारेमा सहभागीहरुलाई  जानकारी गराइएको थियो।

कार्यक्रममा ५० जनाभन्दा माथिको सहभागिता थियो भने कार्यक्रमको सहजीकरण सिद्धार्थ क्यापिटलका तर्फबाट नमिता कट्टेल, प्रकाश सुबेदी, रिजु कर्माचार्य र एन्जिला शाहीले गरेका थिए। 

सिद्धार्थ क्यापिटलले समाजमा वित्तीयज्ञानको अभिवृद्धि गर्ने उद्देश्यले वित्तीय साक्षरताका  कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ।