काठमाण्डौ । दिगो ग्रुप अफ कम्पनिजले सिन्धुलीको सुनकोसी गाउँपालिकाको मूलकोटमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ।
दिगोले आफ्नो चार्जिङ स्टेसनलाई ‘दिगो चार्ज प्वाइन्ट’ ब्रान्ड नाम दिएको छ। अहिले मूलकोटमा ३० किलोवाट क्षमताको डीसी फास्ट चार्जर जडान गरिएको छ।
यो चार्जरले बीपी राजमार्गमा चल्ने विद्युतीय सवारीसाधनलाई सेवा दिनेछ। उक्त रुटमा विद्युतीय सवारीसाधनको चाप बढेपछि चार्जरको क्षमता बढाउन सकिने कम्पनीले जनाएको छ।
दिगो ग्रुपअन्तर्गतको एनईभी नेपालका सीईओ दिपक थापाले प्राधिकरण शाखा प्रमुख एवं प्रमुख प्रशासकीय अधिकृत, समितिका अध्यक्ष एवम व्यवसायी तथा होटेल सञ्चालक रामहरि पौडेलबाट संयुक्त रुपमा उक्त चार्जिङ स्टेसनको उद्घाटन गरिएको थियो।
उद्घाटन कार्यक्रममा सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने तथा नेपाल विद्युत प्राधिकरण खुर्कोट शाखा प्रमुख संगीता थापामगरको उपस्थिति थियो। कार्यक्रममा रोयल बिजया किल्ला समिति र कुशेश्वर यातायात समितिका पदाधिकारीहरु, सो क्षेत्रका समाजसेवी तथा यातायात व्यवसायीहरुको पनि उपस्थिति थियो।
अहिले काठमाण्डौ–सिन्धुली रुटमा दिगोबाट बिक्री गरिएका विद्युतीय माइक्रोबसहरु सञ्चालनमा रहेका छन्। डीएफएसके ब्रान्डको सो विद्युतीय सवारीसाधन २५० किलोमिटर रेन्ज भएको ११ सिटको माइक्रो बस हो।
मुलकोटको फास्ट चार्जर पर्याप्त पार्किङ सुविधा भएको होटल परिसरमा जडान गरिएको छ। यात्रुहरुले होटलमा खाना÷खाजा खाँदै गर्दा सवारीसाधन चार्ज गर्न सकिनेछ। फास्ट चार्जरले विद्युतीय माइक्रो बसहरुलाई बीच बाटोमै चार्ज गर्ने सुविधा दिएर एकै दिनमा धेरै खेप यात्रु ओसार्ने अवसर प्रदान गर्नेछ।
दिगोले यस्ता चार्जरहरु मुलुकका विभिन्न स्थानमा जडान गर्ने योजना बनाएको छ। निकट भविष्यमै पृथ्वी राजमार्गको कुरिनटारमा चार्जिङ स्टेसन जडान गर्ने कम्पनीको योजना छ।
दिगो चार्ज प्वाइन्ट निजी क्षेत्रबाट भएको महत्वपूर्ण पहल हो। जसले विद्युतीय सवारीसाधनलाई मुलुकका विभिन्न भागको यात्रा गर्न सक्ने बनाउँछ भने यात्रुले वातावरणमैत्री विद्युतीय सवारी साधनको रेन्जबारे चिन्ता लिनुपर्ने अवस्थाको अन्त्य गर्नेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19