काठमाण्डौ । टाटा मोटर्सको आधिकारिक डिस्ट्रिब्युटर सिप्रदी ट्रेडिङ प्रालिले टाटा प्रोटेक्ट अझै थप सेवा तथा सुविधासहित ल्याएकोे छ।

सम्पूर्ण टाटा कमर्सियल गाडीहरुका ग्राहकहरुलाई छिटो, छरितो तथा गुणस्तरीय सेवाको प्रत्याभूति प्रदान गरी गाडीको डाउन टाइमलाई कम गर्ने, गाडी सञ्चालन खर्चलाई न्यूनीकरण गर्ने र ग्राहकलाई पूर्ण सुरक्षाको प्रत्याभूति प्रदान गर्ने उद्देश्यले सन् २०१९ मा टाटा प्रोटेक्टको शुभारम्भ गरिएको थियो। आज एक विशेष कार्यक्रमको आयोजना गरी टाटा प्रोटेक्टअन्तर्गतका थप सेवा तथा सुविधाहरुको शुभारम्भ गरिएको हो। 

कार्यक्रममा सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमा टाटा गाडी बिक्री गर्नुका अतिरिक्त प्रमुख व्यावसायिक लक्ष्य विकासशील आवश्यकताहरुको पहिचान गरी उत्कृष्ट बिक्रीपछिको सेवाहरु प्रदान गर्ने कम्पनीको उद्देश्य रहेको बताए। ‘हाम्रा ग्राहकको आकांक्षाबमोजिम टाटा प्रोटेक्टअन्तर्गतका सेवा तथा सुविधाहरुले ग्राहकलाई उत्कृष्ट सेवाको ग्यारेन्टी प्रदान गर्नेछ र ग्रहकलाई ढुक्क भई आफ्नो व्यवसायमा ध्यान केन्द्रित गर्न सहयोग पुग्नेमा हामी विश्वस्त छौँ’, उनले भने। 

टाटा मोटर्सका उपाध्यक्ष, इन्टरनेसनल बिजनेस एन्ड स्ट्राटेजी, कमर्सियल भेइकल बिजनेस अनुराग मेहरोत्राले टाटा मोर्टस आफ्ना ग्राहकलाई विश्वस्तरीय सेवा तथा समाधान प्रदान गर्नमा अग्रस्थानमा रहेको र टाटा प्रोटेक्ट विश्व बजारमा लागू भएपछि टाटा मोटर्सका ग्राहकको सन्तुष्टिको स्तरमा वृद्धि भई गाडी बिक्री तथा प्रवर्द्धनमा पनि सहयोग मिलेको बताए। टाटा प्रोटेक्टका विस्तारित सेवा तथा सुविधाहरुले गाडीको अपटाइम उच्च राख्ने, ग्राहकको नाफामा समेत वृद्धि हुने र ग्राहकले तनावमुक्त सेवा तथा सुविधाको मज्जा लिनेमा विश्वस्त रहेको उनले बताए। 

टाटा प्रोटेक्टअन्तर्गत मास्टर केयर प्लस, टाटा जेन्यूइन पर्टस्, एक्सप्रेस सर्भिस, टाटा जिप्पी, कस्टमर हेल्पलाइन, टाटा सिल्ड, टाटा अलर्ट तथा वी केयर गरी आठ प्रकारका सेवा तथा सुविधाहरु समावेश रहेका छन्। ती सेवा तथा सुविधा सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टर तथा आधिकारिक सर्भिस सेन्टरहरुबाट उपलब्ध हुनेछन्।

मास्टर केयेर प्लसअन्तर्गत फ्लिट म्यानेजमेन्ट सोलुसन र एएमसी सेवा रहेका छन्। जसमा ग्राहकको गाडीको सम्पूर्ण सर्भिस तथा मर्मत कार्यको जिम्मा कंपनीले लिनेछ। 

टाटा जेन्यूइन पर्टसअन्तर्गत सिप्रदी वर्कसपमा फेरिएका स्पेयर पार्टसहरुमा ६ महिना वा ५० हजार किलोमिटरसम्मको वारेन्टी सुविधा रहेको छ।

एक्सप्रेस सेवाअन्तर्गत ४ घन्टामा गाडीको सर्भिस कार्य सकिने ग्यारेन्टी प्रदान गर्दछ। नभएमा क्षतिपूर्तिको व्यवस्था कंपनीले गर्नेछ।

टाटा जिप्पीअन्तर्गत ४८ घन्टाभित्र गाडीको मर्मत हुन्छ। नभएमा क्षतिपूर्तिको व्यवस्था रहेको छ।

ग्राहकहरुको सेवाका लागि कस्टमर हेल्पलाइनको व्यवस्था रहेको छ। जुन २४ घन्टा ७ दिन उपलब्ध रहनेछ। ग्राहकको कुनै पनि गुनासो ४८ घन्टाभित्र समाधान गर्ने प्रत्याभूति प्रदान गर्दछ।

टाटा सिल्डअन्तर्गत एक्सिडेन्टल गाडीहरु ६० दिनमा तयार हुन्छ र साथमा नगदरहित बीमा दाबी सुविधाहरु पनि रहेको छ।

टाटा अलर्टअन्तर्गत कंपनीले तोकेका हाइवे कोरिडरहरुमा गाडी ब्रेकडाउन भएको खण्डमा ६ घन्टाभित्र त्यस स्थानमा पुग्ने र ४८ घन्टाभित्र गाडी तयार पारिदिने ग्यारेन्टी प्रदान गर्दछ।

वी केयेर सेवाअन्तर्गत वर्कसपमा गाडी बनाउँदा ग्राहकले अपेक्ष गरेबमोजिमको सेवा तथा सुविधा प्राप्त नभएमा तुरुन्त सम्पर्क गरी आफ्नो समस्या तथा गुनासोलाई दर्ता गराई तुरुन्त समाधान प्रदान गर्ने व्यवस्था रहेको छ।

अनलाइनमार्फत सम्पन्न कार्यक्रममा टाटा कमर्सियल गाडीहरुका ग्राहकहरुका साथमा टाटा मोटर्सका उच्च पदाधिकारीहरुको उपस्थिति थियो।

सिप्रदी ट्रेडिङका प्रमुख सञ्चालक अधिकृत राजेशप्रसाद गिरीले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै ग्राहकलाई सधैँ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।