काठमाण्डौ । सिभिल बैंकले आफ्नो नवौंैं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रमहरुको आयोजना तथा घोषणा गरी मनाएको छ ।
वार्षिकोत्सवको मौका पारेर बैंकले आफ्नो सिभिल ट्रेड सेन्टरस्थित मुख्य शाखामा आज मंगलबार तथा वार्षिकोत्सवको दिनदेखि एकमहिनाभित्र आयोजना हुने गरी देशभरका ४१ शाखाहरुमा रक्तदान कार्यक्रमको आयोजना गर्दैछ ।
बैंकका ३६ शाखाहरु मार्फत सरकारी विद्यालयहरुमा कक्षा ६ देखि १० सम्म अध्यनरत जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका छात्राहरुको छनौट गरी छात्रवृत्ति प्रदान गर्ने भएको छ । व्यास नगरपालिकालाई बैंकको दमौली शाखाको उद्घाटन समारोहमा ५० थान डस्टविन प्रदान गरिएको छ । त्यसै गरी लेखनाथ स्थित त्रिभुवनशान्तिनमुनामाध्यमिकविद्यालयलाई पनि ५ थान डस्टविन प्रदानसमते गरेको बैंकले जनाएको छ । श्री सत्यस्वर शिवशक्ति प्राइमरी स्कुललाई बैंकको निजगढ शाखाको उद्घाटन समारोहमा १ थान प्रिन्टर प्रदान गरिएको छ भने चन्द्रनिगाहपुर शाखाको उद्घाटन समारोहमा सुनौलो नेपाल अभियानलाई धर्मशालाको निर्माणको लागि रु २५,००० को चेक प्रदान गरिएको छ । असहाय सेवा केन्द्र नेपाललाई बैंकले दृस्टीविहिन हरुको लागि १०० थान विशेष छडी प्रदान गरेको छ । श्री आधारभूत विद्यालयका ५० विद्यार्थीलाई स्वेटर प्रदान गर्नका साथै पुकार डिसएबिलिटि सोसिएल सर्विस, सुरुङ्गा, झापालाई वर्षभििको लागि खाद्यान्न प्रदान गरेको बैंकले बताएको छ ।
नारायण प्राथमिक विद्यालय, विराटनगरका ५० विद्यार्थीलाई स्कूल ड्रेसप्रदान गर्नका साथै निजगढ शाखा, चन्द्रनिगाहपुर शाखा र दमौलीशाखाको उद्घाटनः
त्यसै गरी बैंककै बार्षिकोत्सवको अवसर पारेर बैंकले तीन शाखाहरु निजगढ शाखा,चन्द्रनिगाहपुर शाखा र दमौली शाखा संचालनमा ल्याएको छ ।
दमौली शाखाको उद्घाटन बैंकका अध्यक्ष ई इच्छाराज तामाङ्गले गर्नुका साथै उद्घाटन कार्यक्रमको प्रमुख अतिथि ब्यास नगरपालिका मेयर बैकुण्ठ नाथ न्यौपाने, ब्यास महानगरपालिका उपमेयर मीरा जोशी, सिभिल बैंकका संचालक प्रकाश तायल, सिभिल बैंकका प्रमुखकार्यकारी अधिकृत गोविन्द गुरुङ, नेपाल प्रहरीका उपरीक्षक विनोद शिलवाल, तनहुँ उवा संघका अध्यक्ष मानकाजी श्रेष्ठ, आदिकवि भानुभक्त क्यामपसका प्रमुख महाप्रसाद हदखाले, सिभिल बैंकका गण्डकी प्रदेशका प्रमुख समीर केसी तथा सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो । कार्यक्रम सभापति तथा सिभिल बैंकका अध्यक्ष ई इच्छाराज तामाङ्गले आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताए । यस भेगका नागरिकको सेवाको लागि सिभिल बैंकले सेवाविस्तार गर्न पाएकोमा उनले खुशी व्यक्त गरे । सोही समारोहमा सिभिल बैंकका अध्यक्ष ई इच्छाराज तामाङ्गले प्रमुख अतिथि तथा ब्यास नगरपालिका मेयर बैकुण्ठनाथ न्यौपानेलाई ५० थान डस्टविन पनि हस्तान्तरण गरिएको थियो । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानीय अर्थतन्त्रको विकासका लागि उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिनुका साथै प्रविधि केन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने कुरा पनि बताए ।
निजगढ शाखाको उद्घाटन बैंकका संचालक समितिका सदस्य शम्भु प्रसाद पन्त तथा प्रमुख अतिथि निजगढ नगरपालिकाका मेयर सुरेश खनालले संयुक्त रुपमा गरे । उद्घाटन कार्यक्रममा निजगढ नगरपालिकाका मेयर सुरेश खनाल, निजगढ महानगरपालिका उपमेयर लीला देवी लामिछाने, सिभिल बैंकका माईक्रो बैंकिंग प्रमुख युवराज गुरागाईँ तथा सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो । सोही समारोहमा सिभिल बैंकका संचालक समितिका सदस्य शम्भु प्रसाद पन्तले सत्यस्वर शिवशक्ति प्राइमरी स्कुललाई बैंकलाई १ थान प्रिन्टर पनि हस्तान्तरण गरे । बैंकको शाखा बिस्तार हुँदा वित्तीय साक्षरताको अभिवृद्धि हुने र यसरी नै सबैको सहयोग मिलेमा देशमा आर्थिक सम्बृद्धि आउने कुरा कार्यक्रम सभापति तथा सिभिल बैंकका संचालक समितिका सदस्य शम्भु प्रसाद पन्तले बताए ।
चन्द्रनिगाहपुर शाखाको उद्घाटन बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुङ्गाना तथा प्रमुख अतिथि चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले संयुक्त गरे । उद्घाटन कार्यक्रममा चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरी, नेपाल प्रहरी नायव उपरीक्षक कबिता कटुवाल, चन्द्रनिगाहपुर उवा संघका अध्यक्ष सूनीलकुमार जैसवाल, सिभिल बैंकका प्रदेश २ का प्रमुख सुरज दाहाल तथा सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो । सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुङ्गानाले सुनौलो नेपाल अभियानलाई धर्मशालाको निर्माणको लागि रु २५,००० को चेक पनि हस्तान्तरण गरिएको थियो । यस बैंकले सामाजिक उत्तरदायित्वको वहन संगसंगै ग्राहकवर्गको चाहना बमोजिमका योजनाहरु ल्याई आफ्नो व्यवसाय अभिवृद्वि गर्दै जाने कुरा कार्यक्रम सभापति तथा सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुङ्गानाले बताए ।
नेपालमै पहिलो पटक बचतकर्ताहरुले सात वर्षसम्मको अवधिको लागि समान मासिक रकम बचत गरी योजनाको अन्त्यमा साँवा तथा ब्याजको एक्मुष्ठ रकमको लाभ पाउने एन्यूटी डिपोजिट निक्षेप योजनाल्याएको सिभिल बैंकको शाखा संख्या १०१ र एटियम संख्या७६ पुगेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19