काठमाण्डौ । सिभिल बैंक लिमिटेड र एफ वन सफ्ट इन्टरनेसनलबीच ओम्नी च्यानल प्लेटफर्म सुचारु गर्दै डिजिटल बैंकिङ सेवा तथा सुविधाहरुलाई अझ बढी प्रभावकारी बनाउनका लागि सम्झौता भएको छ।
सम्झौतापत्रमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेल र एफ वन सफ्ट इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरेका छन्।
बैंकले मोबाइल बैंकिङ सुविधालाई अझ बढी सबल र सुदृढ बनाई ग्राहकको सहज वित्तीय पहुँचलाई मध्यनजर गर्दै उक्त स्तरोन्नति गर्न लागेको हो। अब गरिने स्तरोन्नतिपश्चात सिभिल बैंकका ग्राहकले मोबाइल एपमार्फत नै बैंक खाता खोल्ने, पैसा पठाउने, खातामा पैसा जम्मा गर्ने, बैंक लोन लिनेजस्ता सेवाहरुको उपयोग गरी सहज तथा सरल ढंगबाट आफूलाई आवश्यक बित्तीय सेवा उपभोग गर्न सक्नेछन्। जुन आफैँमा एक नौलो सुविधा प्रयोग गरिएको अनुभव प्रदान गर्ने खालको हुनेछ।
बैंकले हालसम्म करिब सात लाख ग्राहकलाई ११५ शाखा, १० एक्सटेन्सन काउन्टर तथा ९७ एटीएममार्फत सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19