काठमाण्डौ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले नगदरहित अभियानलाई निरन्तरता दिँदै गण्डकी प्रदेशको कास्की जिल्लास्थित बेगनास तालका २२० डुंगा व्यवसायीहरुलाई क्यूआर कोड वितरण गरेको छ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक डा. रामशरण खरेल, बेगनास ताल डुंगा व्यवसाय समितिका अध्यक्ष ढकनाथ कँडेल, फेवा ताल डुंगा व्यवसायी समितिका अध्यक्ष बुद्धिबहादुर नेपाली, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल, चिफ बिजनेस– डिपोजिट तथा ट्रान्ज्याक्सन बैंकिङका भोलाबहादुर विष्ट, ब्रान्डिङ एन्ड कर्पोरेट कम्युनिकेसनका प्रमुख विजयराम कशजु, गण्डकी प्रदेशका प्रमुख समिर केसी, शिवचोक शाखा प्रबन्धक हरिकृष्ण अधिकारी, लेखनाथ शाखा प्रबन्धक नवराज दाहाल, फोनपेका एसिस्टेन्ट प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा तथा फोनपेका ब्रान्ड एम्बेसडर सन्दिप क्षेत्रीलगायत सो क्षेत्रका व्यवसायीहरु तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो।
कार्यक्रमको उद्घाटनमा नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक डा. रामशरण खरेलले नोट छपाइ गर्दा खर्च हुने तथा विदेशिने मुद्रा बचाउन पनि नगदरहित अभियान अपरिहार्य कुरा भएको बताए।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले नगदरहित अभियानलाई प्रभावकारी बनाउन क्यूआर कोडलाई सर्वव्यापी रुपमा लैजानुपर्नेमा जोड दिए।
बैंकले आफ्नो ग्राहकलाई क्युआर कोडको प्रयोग गरी विद्युत्तीय प्रणालीमार्फत विभिन्न किसिमका नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्दै आएकोमा यसरी नै विभिन्न व्यापार–व्यवसायहरुमा क्यूआर कोडलाई अझ सशक्त रुपमा देशव्यापी रुपमा लैजाने र आगामी दिनहरुमा पनि यस्तै खालको सेवाहरु ल्याउँदै जाने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले बताए।
करिब ७ लाख ग्राहकलाई ११५ शाखा, ११ एक्सटेन्सन काउन्टर तथा ९७ एटीएममार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकले हालसम्म करिब रु. ९० अर्बभन्दा बढी निक्षेप परिचालन गरी रु. ८९ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेकोे छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19