काठमाण्डौ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले ‘अद्वितीय नेपाल’ शीर्षकमा नेपाली नयाँ वर्ष २०७९ को क्यालेन्डर सार्वजनिक गरेको छ। 

कोरेना महामारीका कारण करिब धराशायी भएको पर्यटन व्यवसायलाई यसले केही टेवा प्रदान गर्नेछ साथै सोही महामारीका कारण मानिसहरु लामो समयदेखि घुम्नबाट बञ्चित भएको र नयाँ नयाँ भ्रमण गन्तव्यहरुको खोजीमा हुन्छन्। त्यसैले उक्त क्यालेन्डरमा नेपालका नवीन अद्वितीय भ्रमण गन्तव्यहरु फोक्सुन्दो ताल, नार–फु उपत्यका, त्रिवेणी पाटन, पाँचपोखरी, गोल्डेनधाप, देउढुंगा, कन्चाजंघा बेस क्याम्प, सगरमाथा, गोक्यो ताल, कोरीडाँडा, खुमाइडाँडा र धो–तरपको फोटो तथा छोटो टिप्पणी समाविष्ट गरिएका छन्। यस क्यालेन्डरका तस्बिरहरु इमेज पसल डटकमबाट खरिद गरिएको तथा घुमन्तेद्वारा खिचिएको तस्बिरहरु हुन्। 

नेपालको अतुलनीय प्राकृतिक सुन्दरता कै कारण देश–विदेशबाट लोकप्रिय भ्रमण गन्तव्यका रुपमा नेपाल चिरपरिचित छ। अनि यस क्यालेन्डरमा समाविष्ट गरिएका अद्वितीय भ्रमण गन्तब्यहरुले विद्यमान भ्रमण गन्तव्यमा मात्रै आफ्नो भ्रमणलाई सीमित नगरी नेपालको अन्य भ्रमण गन्तव्यहरुका बारेमा जानकारी दिनेछ भन्ने विश्वस बैंकका  प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले व्यक्त गरेका छन्।