काठमाण्डौ । सिभिल बैंक लिमिटेड र पोखराको चरक मेमोरियल हस्पिटलबीच बैंकका ग्राहकका लागि विशेष छुट प्रदान गर्ने बारेमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ। 

यस सम्झौताअनुसार सिभिल बैंकका सम्पूर्ण ग्राहकले पोखराको चरक मेमोरियल हस्पिटलमा २०% सम्म छुट पाउने भएका छन्। 

आज एक कार्यक्रममा बैंकका तर्फबाट गण्डकी प्रदेशका प्रमुख समीर केसी तथा हस्पिटलका तर्फबाट अध्यक्ष रामचन्द्र रेग्मीले सम्झौतामा हस्ताक्षर गरेका छन। उक्त सम्झौताअनुसार फार्मेसीमा ५%, ल्याब/बेड, रेडियोलोजी तथा अपरेसनमा लाग्ने शुल्कमा १०% र होल बडी चेकअपमा २०% छुट पाउने व्यवस्था छ। 

यो छुट सुविधा उपभोग गर्नका लागि सिभिल बैंकका ग्राहकले हस्पिटलको बिल भुक्तानी बैंकको मोबाइल बैंकिङ एपमार्फत डिजिटल पेमेन्ट गर्नुपर्ने हुन्छ। यसका साथै आगामी दिनमा बैंक र हस्पिटलको संयुक्त पहलमा पोखराको विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविरको पनि आयोजना गर्न सकिने गण्डकी प्रदेशका प्रमुख समीर केसीले बताए। 

सात लाखभन्दा बढी ग्राहकलाई ११५ शाखामार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकको हालसम्म १२ एक्सटेन्सन काउन्टर र ९९ एटीएम छन्। यसका साथै बैंकले हालसम्म करिब रु. ९२ अर्ब निक्षेप परिचालन गरी रु. ८८ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेकोे छ।