काठमाण्डौ । सिभिल बैंकका सम्पूर्ण ग्राहकले विराटनगरको विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा १० प्रतिशत छुट पाउने भएका छन्।
आज एक कार्यक्रममा बैंकका तर्फबाट सिभिल बैंकको प्रदेश नं. १ का प्रमुख राजेश ढकाल तथा हस्पिटलका तर्फबाट अध्यक्ष डा.ज्ञानेन्द्रमान सिंह कार्कीले सम्झौतामा हस्ताक्षर गरेका छन्।
उक्त सम्झौताअनुसार बैंकले ग्राहकले ओपीडी, बेड चार्ज तथा अपरेसनमा लाग्ने शुल्कमा १०% छुट पाउनेछन्।
यसका साथै आगामी दिनमा अन्य संघसंस्थाहरुसँग पनि यस्ता सम्झौताहरु गर्दै जाने बैंकको विराटनगर शाखाका प्रबन्धक प्रशान्त कार्कीले बताए।
सात लाखभन्दा बढी ग्राहकलाई ११५ शाखामार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकको हालसम्म १२ एक्सटेन्सन काउन्टर र ९९ एटीएम सञ्चालनमा छन्। यसका साथै बैंकले हालसम्म करिब रु. ९५ अर्ब निक्षेप परिचालन गरी रु. ८७ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19