काठमाण्डौ । सिभिल क्यापिटल मार्केटको विशेष साधारणसभाले हिमालयन क्यापिटलमा गाभिने प्रस्ताव पारित गरेको छ। 

आज सम्पन्न विशेष साधारणसभाले सिभिल क्यापिटललाई हिमालयन क्यापिटलले प्राप्ति गर्ने प्रस्ताव पारित गरेको हो। सभा काठमाण्डौको सुन्धारास्थित सीटीसी मलमा सञ्चालक समितिका अध्यक्ष भोलाबहादुर बिष्टको अध्यक्षमा भएको थियो।

सभाले सिभिल क्यापिटललाई हिमालयन क्यापिटलले गाभ्ने/प्राप्ति गर्ने र सञ्चालक समितिबाट अनुमोदन सेयर आदान–प्रदान अनुपात १००ः३१ का आधारमा हिमालयन क्यापिटलले सिभिल क्यापिटललाई प्राप्ति गर्नेलगायतका सबै प्रस्ताव पारित गरेको छ।

विशेष साधारणसभा सम्पन्न गर्न सक्रिय भूमिका निर्वाह गर्ने सेयरधनीहरुप्रति कम्पनीले धन्यवाद व्यक्त गरेको छ। यसका साथै कम्पनीको प्रगतिका लागि प्रत्यक्ष वा परोक्षरुपले सल्लाह, सहयोग, मार्गदर्शन गर्ने तथा योगदान दिने सम्बद्ध सबैलाई कम्पनीले आभार व्यक्त गरेको छ।