काठमाण्डौ । सिभिल क्यापिल मार्केट लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा झनक राज ढुंगेल नियुक्त भएका छन् ।

ढुंगेल नेपालको बैंकिङ तथा वित्तीय क्षेत्रमा विगत २५ वर्षदेखि सक्रिय छन् । यसका साथै उनले विगतका ८ बर्ष विभिन्न क्यापिल मार्केट क्षेत्रमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निभाइसकेका छन् ।

सिभिल क्यापिल मार्केटको व्यवस्थापनको नयाँ नेतृत्वले संस्थाको कार्यशैलीमा सुधार गर्दै ग्राहक वर्गलाई नवीनतम सेवा तथा सुविधा प्रदान गर्ने प्रतिबद्घता नवनियुक्त सीईओ ढुंगेलले गरे।