काठमाण्डौ । मिदास टेक्नोलोजीले सिभिल सर्भिस अस्पतालमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको छ।
अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपीडी सेवालाई सहज बनाउने र बिरामीको सन्तुष्टि बढाउने अपेक्षा गरिएको छ। बिरामीहरू आफैँ अपोइन्टमेन्ट लिन र भुक्तान गर्न सक्षम हुने हुँदा अस्पतालमा गई लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्नुका साथै समयको पनि बचत हुनेछ।
विश्वमा जारी कोरोना महामारीको समयमा यो सेवा प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ।
मिदास टेक्नोलोजी स्वास्थ्य सूचना प्रविधिको क्षेत्रमा एक विश्वसनीय कम्पनी हो। विगत दुई दशकदेखि अस्पतालका सेवालाई डिजिटलाइज्ड गर्ने कार्यमा मिदासले अग्रणी भूमिका खेल्दै आएको छ।
कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) को आधारमा अस्पताल र स्वास्थ्य संस्थाहरूको व्यवस्थापन पूर्ण रूपमा डिजिटलाइज गर्न प्रविधिको विकास गरेको छ। मिदासले देशभरका १५० भन्दा बढी अस्पताललाई व्यवस्थापन पद्धतिमा सहयोग गर्दै आइरहेको छ।
हाल मिदास टेक्नोलोजीले मेरो डाक्टर मोबाइल एप तथा वेबमार्फत अनलाइन टेलिमेडिसन सेवा प्रदान गर्दै आइरहेको छ। यो सेवा लिन इच्छुक बिरामीहरुका लागि २०० भन्दा बढी विशेषज्ञ डाक्टरमार्फत ५०% छुटका साथै अनलाइन टेलिकन्सल्टेन्सी सेवा उपलब्ध गराउँदै आएको छ।
यसका साथै मेरो डाक्टर मोबाइल एप तथा वेबमार्फत उपलब्ध केही पूर्णकालीन चिकित्सकहरुसँग बिरामीले दैनिक रुपमा बिहान ७ बजेबाट राती ९ बजेसम्मको समयमा तत्काल निःशुल्क परामर्श लिन सक्नेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19