काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंकले सिरहाको लाहान नगरपालिका वडा नम्बर ड मा आफ्नो ८७ औं शाखा स्थापना गरी कारोबार विस्तार गरेको छ। 
नवस्थापित शाखाको उद्घाटन लाहानका मेयर मुनि साह र  प्रदेश २ का प्रबन्धक सुशील श्रेष्ठले गरेका छन्। लाहान शाखाले ग्राहकलाई वित्तीय पहुँच पुर्याउने र वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यसहित स्थानीय मागलाई पूरा गर्ने गरी पूर्ण बैंकिङ सेवा प्रदान गर्नेछ ।

बैंकले ८७ शाखा, १२८ एटीएम, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरबाट आफ्ना ग्राहकलाई सेवा पुर्याइरहेको छ । पाँचपटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द इयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन–युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ। यसबाहेक इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ।