काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले सिराहा जिल्लाको सुखीपुर नगरपालिका वडा नं. ८ सुखीपुर बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६९ पुगेको छ।
बैंकले मुलुकभर तथा मुलुकबाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७४ जिल्लामा २६९ शाखा, २४२ एटीएम, २४५ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुत्र्याउँदै आइरहेको छ।
‘सबैका लागि बैंक’ भन्ने नारालाई सार्थकता दिँदै बैंकले २२ लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago