काठमाण्डौ। लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १३२औँ शाखा सिराहा जिल्लाको मिर्चैया नगरपालिका वडा न. ६ स्थित कटारी चोकमा सञ्चालनमा ल्याएकोे छ। 

यो शाखामार्फत बैकंले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु ााझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ। यो नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १३२ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६१ एटिएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६१ शाखारहित बैंकिङ एजेन्टहरु पुगेको छ।

यो शाखाको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको 

छ। सुविधाजनक बचत खाता योजना, मुद्दति निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्तलगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको छ।

यो शाखाको विस्तारसँगै बैंकले ग्राहकलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ र मोबाइल फोनमार्फत बैंकिङ सेवाप्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ।