काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आजबाट सिरहाको धनगढीमाई नगरपालिका–८  कसहा बजारमा आफ्नो ११ औँ शाखा सञ्चालनमा ल्याएको छ। 

कसहा शाखाको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतो र संस्थाका सञ्चालक दुर्गा थापाले संयुक्त रुपमा गरेका छन्। कार्यक्रममा धनगढीमाई, कसहा बजार समितिका अध्यक्ष, अस्थायी प्रहरी पोस्ट कसहाका प्रमुख, समाजसेवी, बुद्धिजीवीलगायत अन्य व्यक्तित्वहरु अतिथिका रुपमा रहेका थिए। 

यो नयाँ शाखासहित देशभरि फाइनान्सको शाखा सञ्जाल ११ वटा पुगेको छ। संस्थाले भोलि सुनसरीको मधुवनमा अर्को एउटा शाखा तथा अर्को हप्ता कपिलवस्तुको खरेन्द्रपुरमा थप एक शाखा सञ्चालनमा ल्याउने तयारी गरेको छ।