काठमाण्डौ । सिलिंक्स ट्राभल्स एन्ड टुर्स प्रालि आगामी वर्ष आफ्नो १५ औँ वार्षिकोत्सव मनाउँदैछ।
सन् २००७ मा टिकेटिङ सेवा प्रदान गर्ने गरी स्थापना गरिएको सिलिंक्सले आफ्नो १५ वर्षे यात्रामा ठूलो छलाङ मारिसकेको छ। आफ्नो सफलताको यो यात्रालाई उत्सवमय बनाउने अभिप्रायअनुरुप सिलिंक्सले विभिन्न किसिमका कार्यक्रमहरु लिएर आउँदैछ।
डेढ दशक लामो यात्रामा भएका परिवर्तनहरुलाई आत्मसाथ गर्दै सिलिंक्सले आफ्नो कर्पोरेट लोगो परिवर्तन गरेर रुपान्तरणको सुरुआत गरेको हो। नेपालीहरुको महान चाड दीपावलीको संघारमा नयाँ लोगो सार्वजनिक गर्नुका साथै डेढ दशकको यस यात्रामा निरन्तर साथ र सहयोग गर्ने आफ्ना कर्पोरेट पार्टनरहरुमाझ नयाँ लोगो परिवर्तनको सन्देश प्रवाह गर्दै सिलिंक्स टिम शुभकामना आदानप्रदानका लागि विभिन्न एअरलाइन्स तथा कर्पोरेट हाउसहरुमा भेटघाटका लागि गए।
सिलिंक्सको निलो र सुन्तले रङमा संयोजन गरिएको यो नयाँ लोगोले सिलिंक्सको नामभित्रको मर्ममात्र नभएर आफ्ना ग्राहकको सन्तुष्टि र खुसीसमेत प्रतिनिधित्व गर्छ। कुनै एक विन्दुबाट अर्को विन्दुसम्म गरिने सबै किसिमका यात्राका लागि टिकटिङ गर्ने सिलिंक्सले प्रतिस्पर्धी मूल्य र ग्राहक सन्तुष्टिलाई आ नो प्राथमिक लक्ष्य बनाएको छ। ‘सिलिंक्सको नयाँ लोगोले ट्राभल ट्रेडमा विकास भएको आधुनिकता र बहुआयमिकता प्रस्ट्याउँछ’, सिलिंक्सकी कार्यकारी निर्देशक पावना श्रेष्ठ भन्छिन्, ‘यो परिवर्तन कोभिड १९ पछिको पुनर्जागरण पनि हो। यसमा खुसी र आशा भरिएको छ। यसले हामीअझ बढी सेवाग्राहीप्रति उत्तरदायी भएका छौँ भन्ने पनि बुझाउँछ।’
सिलिंक्सले सेल्स ब्लिजकै शैलीमा गरेको लोगो अनभिलिङ र भेटघाट कार्यक्रमले नोभेम्बर महिनाभरि निरन्तरता पाउनेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19