काठमाण्डौ । नेपालमा मोबाइल र कन्ज्युमर ड्युरेबल उद्योगहरुमा अग्रगामी युवा व्यवसायी तथा उद्यमी सञ्जय अग्रवाल हालै सीईओ इनसाइट एसिया द्वारा “दक्षिण एसियाका उत्कृष्ट १० बिजनेस लिडर्स–२०२२”मध्ये एकका रुपमा सम्मानित भएका छन्।
यो अवार्डले दक्षिण एसियाली राष्ट्रहरुमा कर्पोरेट क्षेत्रलाई भविष्यमा बहुआयामिक दिशातर्फ डोर्याउने उत्कृष्ट व्यवसायी र विचारशील लिडर्सहरुलाई सम्मान गर्दै आइरहेको छ।
अग्रवालले कलर्स, स्पाइस, एचटीसी, ब्ल्याकबेरी, जिओनी र शाओमीलगायत नेपालमा धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय मोबाइल कम्पनीहरुको निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका छन्। हाल उनी रमेश कर्पोरेसनका कार्यकारी निर्देशक छन् र विभिन्न मोबाइल ब्रान्ड सफलतापूर्वक सुरु गर्दै यसको सम्पूर्ण मोबाइल क्षेत्रको विकासका लागि राष्ट्रिय स्तरका नीतिहरु बनाउने मोबाइल फोन आयातकर्ता संघ नीति निर्धारण गर्ने निकायको उपाध्यक्ष पनि नियुक्त छन्।
यो अवार्ड अग्रवालको विशिष्ट नेतृत्वदायी भूमिका र नेपालका विभिन्न उद्योगहरु, विशेषगरी मोबाइल, कन्ज्युमर ड्युरेबल र प्रविधिमा उल्लेखनीय योगदानको सम्मान गर्दछ। उनले राष्ट्रियस्तरमा यी उद्योगहरुको सुधारका लागि नीति निर्माणमा महत्वपूर्ण भूमिका खेलेका छन् र उनको योगदानले समाजमा उल्लेखनीय प्रभाव पारेको छ।
अग्रवालको उपलब्धि र सम्मानले उद्योगमा युवा उद्यमी र व्यवसायीहरुका लागि प्रेरणाको रुपमा काम गर्दछ साथै यस क्षेत्रमा उनको अनुभव र विशेषज्ञताले नेपाल र अन्य दक्षिण एसियाली देशहरुमा मोबाइल र कन्ज्युमर ड्युरेबल क्षेत्रको विकासको लागि मार्गदर्शक हुन सक्छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago