काठमाण्डौ । इन्टरनेट सेवा प्रदायक कम्पनी सीजीनेटले स्काईकमसँगको सहकार्यमा बहुप्रतिक्षित  आईपीटीभी सेवा सीजीनेट जोडी योजना सुरु गरेको छ। 

ग्राहकको आवश्यकता र मागलाई मध्यनजर गर्दै भरपुर मनोरञ्जन दिलाउने उद्देश्यले कम्पनीले आइतबारदेखि सीजीनेट मेगा जोडी र सीजीनेट ग्रान्ड जोडी अफरको शुभारम्भ गरेको हो। यो सेवा सञ्चालनमा आएसँगै अब ग्राहकले सीजीनेट र आईपीटीभी दुवै सेवा सञ्चालन गर्न पाउने छन्। 

आईपीटीभीअन्तर्गत २५७ च्यानल उपलब्ध हुनेछन् भने ती च्यानलमध्ये १२५ वटा एचडी र १३२ वटा एसडी च्यानल हुनेछन्। तीमध्ये ५० भन्दा बढी इन्टरटेन्टमेन्ट च्यानल, १० भन्दा बढी म्युजिक च्यानल, १० भन्दा बढी किड्स च्यानल, १० भन्दा बढी धार्मिक च्यानल, २० भन्दा बढी स्पार्टस च्यानललगायतका च्यानलहरु हुनेछन्।  

यस्तै यसमा २० भन्दा बढी स्टार च्यानल, १५ सोनी चयानल, ५ कलर च्यानल, १० जी नेटवर्क लगायत छन्। सीजीनेटले आफ्ना ग्राहकहरुका लागि न्यून शुल्कमा उच्च गुणस्तरीय क्वालिटी सुनिश्चित गर्दै सीजीनेट जोडी सेवा शुरु गरेको हो। 

सीजी नेट जोडी प्याकेज त्रैमासिक र वार्षिक रुपमा उपलब्ध हुनेछन्।  स्प्रिन्टर जोडी (८० एमबीपीएस प्लस आईपीटिभी) को प्रतिमहिना ८१०, पपुलार जोडी (१५५ एमबीपीएस प्लस आईपीटिभी)को १०५५ र रकस्टार जोडी (३०५ एमविपिएस प्लस आइपीटिभी) को प्रतिमहिना १३७४ शुल्क लाग्नेछ। 

त्रैमासिक योजनाअनुरुप स्प्रिन्टर जोडी ८० एमबीपीएसका साथमा आईपीटीभीको रु. २६४०, पपुलार जोडी एमबीपीएसका साथमा आईपीटीभीको रु. ३७५० र रकस्टार जोडी ३०५ एमबीपीएसका साथमा आईपीटीभीको रु. ९७२०  शुल्क लाग्नेछ। 

यस्तै वार्षिक योजनाअनुरुप स्प्रिन्टर जोडी ८० एमबीपीएसका साथमा आईपीटीभीको रु. ९७२०, पपुलार जोडी  एमबीपीएसका साथमा आईपीटीभीको रु. १२६६० र रकस्टार जोडी ३०५ एमबीपीएसका साथमा आईपीटीभीको रु. १६४८८  शुल्क लाग्ने छ। यो दरमा १३ प्रतिशत भ्याट जोडिनेछ। सेटप बक्सका लागि ग्राहकले एकपटक रु २६०० शुल्क तिर्नुपर्ने छ। यसका साथै सीजीनेटले बदलिँदो समयअनुरुपमा निरन्तर रुपमा उच्चस्तरीय सेवा उपलब्ध गराउँदै लैजानेछ। 

सीजी डिजिटलले सीजीनेट सँगको सहकार्यमा सार्वजनिक गरेको सीजी ग्रान्ड जोडी अफरअन्तर्गत ग्राहकले दुई फरक स्मिक प्राप्त गर्न सक्नेछन्। जसमा ग्राहकले ८० एमबीपीएस र आईपीटीभीका साथमा ४३ इन्चको सीजी टीभी रु. ३५९९९ मा र ८० एमबीपीएस र आईपीटीभीका साथमा ३२ इन्चको सीजी टीभी रु. २५४९९ मा प्राप्त गर्न सक्नेछन्।  

ग्राहकले यीे जोडी प्याकेजहरु सीजी नेट कार्यालय, सीजी डिजिटल आउटलेट, सीजीनेट वेबसाइट, फोन सम्पर्क वा दराज अनलाइनमार्फत प्राप्त गर्न सक्नेछन्। 

कम्पनीका अनुसार ४० हजारभन्दा बढी ग्राहकले यसअघि नै काठमाण्डौ उपत्यकाका साथै हेटौँडा, बुटवल, भैरहवा, नवलपुर, भरतपुर, रत्ननगर र कावासोती गरी ७ प्रमुख सहरबाट यो सेवा सुनिश्चित गरिसकेका छन्।