काठमाण्डौ। इन्टरनेट र आईपीटीभीका साथ सीजीनेटले जनताको जरुरतहरुलाई मध्यनजर गर्दै ‘स्पिड दमदार प्राइस शानदार’ अफर लिएर आएको छ।

यस अफरअन्तर्गत १३० एमबीपीएस रु. ७९९ मा २५० एमबीपीएस रु. १ हजार ४९ मा र ३५० एमबीपीएस नेट मात्र रु. १ हजार २९९ प्रतिमहिनामा नेटको सुविधाका साथ सीजीनेटले आफ्ना प्रयोगकर्तालाई रु. ३ लाखसम्मको दुर्घटना बीमा र सीजीका घडी, इयरफोनलगायत अन्य अरु घरायसी सामग्रीको खरिदमा ३५ प्रतिशतको डिस्काउन्ट अफर लिएर आएको छ।। सीजीनेट जोडेर प्रयोगकर्ताहे रु. ४ लाखबराबरको यी सबै सुविधरुको फाइदा सजिलै उठाउन सक्नेछन्।  

यसैबीच काठमाण्डौको भव्य सफलतापछि विराटनगर, वीरगन्ज, इटहरी, पोखरा, जितपुर, सिमरा, धरान र दुहबीसम्म आफ्नो सुविधा पुर्याउने योजनाका बनाएको कम्पनीले पछिल्ला केही महिनामा आफ्नो सेवा योजना गरेका सम्पूर्ण ठाउँहरुमा पुर्याइसकेको छ। वैशाख ३ गते पोखरामा उद्घाटन गर्दै सीजीनेटले हालका लागि आफ्नो विस्तार यात्रा टुंग्याएको छ। 

वैशाख ३ गते पोखरा सहरमा उद्घाटन समारोह र र्यालीको आयोजना गर्दै सीजीनेटले पोखरामा आफ्नो आगमनको उद्घोष गरेको हो। 

१३० एमबीपीएस नेटलाई जनतामाझ सबैभन्दा सस्तो मूल्य रु. ७९९ प्रतिमहिनामा ल्याउने नेपालकै पहिलो कम्पनी सीजीनेट अत्याधुनिक प्रविधिको प्रयोगबाट सस्तो र भरपर्दो इन्टरनेट सेवामार्फत देशलाई संसारसँग जोड्ने उद्देश्यका साथ नेपालका विभिन्न स्थानहरुमा आफ्नो सेवा विस्तार गरिरहेको छ। सस्तो र भरपर्दो इन्टरनेट खोज्ने नेपालीहा लागि यो एउटा सुवर्ण मौका हो। आगामी दिनमा अझै बढी सहर र देशका कुना–कुनासम्म आफ्नो सुविधा पुर्याउनका लागि विस्तारका नयाँ योजना लिएर आउने सीजीनेटले जनाएको छ। 

कम्पनीका सीईओ भन्छन्–‘नयाँ स्थानहरुमा सेवाको विस्तार गर्न पाउँदा हामी निकै उत्साहित बनेका छौँ। आजको संसारमा खाँचो पर्ने भरपर्दो इन्टरनेट सुविधाको पहुँचको महत्त्व बुझ्छौँ र त्यसलाई सकेसम्म धेरैभन्दा धेरै मानिसलाई उपलब्ध गराउन चाहन्छौँ। भरपर्दो ग्राहक सेवाका साथसाथै किफायती दरमा उच्च–गतिको इन्टरनेट प्रदान गर्ने कुरामा हामी प्रतिबद्ध छौँ।’ 

आफ्ना ग्राहकलाई सबैभन्दा उत्कृष्ट इन्टरनेट सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ। यी नयाँ स्थानमा गरिएको सेवाको विस्तार त्यही प्रतिबद्धताको प्रमाण गर्ने कम्पनीको दाबी छ। 

सीजीनेटको यो सेवा विस्तार आफ्ना विद्यमान ग्राहकलाई उपलब्ध गराउँदै आएको उच्च गुणस्तरको इन्टरनेट सेवालाई नयाँ ग्राहकसमक्ष पनि पुर्याउने एउटा बलियो प्रयास रहेको कम्पनीले जनाएको छ।