काठमाण्डौ । नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स तथा घरेलु उपकरण ब्रान्ड सीजी स्मार्ट डोमेस्टिक अप्लायन्सेसले जाडो मौसमलाई लक्षित गर्दै नयाँ–नयाँ जाडोका सामग्री बजारमा ल्याएको छ।
‘सीजी घरमा, न्यानो मनमा’ नारा साथ सीजीले स्मार्ट घरेलु उत्पादन इलेक्ट्रिक ओभन, कार्बन हिटर, हलोजन हिटर, पीटीसी फ्यान हिटर, ओएफआर हिटर, वाटर डिस्पेन्सर, इलेक्ट्रिक गिजर, ग्यास गिजर, हट पट्स, इलेक्ट्रिक केटल, भ्याकुम फ्लास्क, पानीको बोतल र इन्सुलेटेड बोतल आदि नेपालभर उपलब्ध गराएको हो।
जाडोमा चिसो पानीले नुहाउने समस्याबाट मुक्त हुन सीजीले विभिन्न आकर्षक मोडलमा थप विशेषतासहित बजारमा ग्यास र इलेक्ट्रिक नयाँ गिजर बजारमा ल्याएको छ। त्यस्तै हिटरमा पनि क्याटोगोरीमा जस्तैः ओएफआर हिटर, पीटीसी प्यान हिटर, हेलोजिन हिटर, क्वाज्ज हिटर, कार्बन हिटर र प्यान हिटर छन्।
अब ग्राहकले आफ्नो आवश्यकताअनुसार छानी–छानी सामान खरिद गर्न सक्ने कम्पनीले जनाएको छ। केही समयमै पानी तताउन सीजीले विभिन्न मोडलमा इलेक्ट्रिक केटल, हट पट र वाटर बोइलर उपलब्ध गराएको छ। त्यसैगरी तातिएको पानीलाई लामो समयसम्म तातोपन कायम राख्न भ्याकुम फ्लास्क, थर्मसहरु आकर्षक मोडल र डिजाइनमा उपलब्ध गराएको छ।
प्रमुख आकर्षणहरुमा मेगा एक्सचेन्ज अफर, ०% नो कस्ट ईएमआई सुविधा, सीजी लोयल्टी क्लब रिवार्ड प्रोग्रामअन्तर्गत लोयल्टी सदस्यले ललितपुरस्थित होटल विभान्तामा २५% सम्म छुट पाउन सक्नेछन्। जुन नेपालभरका सबै सीजी ब्रान्ड अधिकृत आउटलेटहरुबाट प्राप्त गर्न सकिन्छ।
थप जानकारी प्राप्त गर्नका लागि ग्राहकले सीजी ब्रान्डको आधिकारिक वेबसाइट र यसका सामाजिक सञ्जालहरुमा जान सक्नेछन्।
सीजी ब्रान्ड देशकै नं. १ इलेक्ट्रोनिक्स ब्रान्ड हो। सीजीले देशैभर रहेका आफ्नो बलियो बिक्री सञ्जालमार्फत आफ्ना उपभोक्तालाई सेवासुविधाहरु दिँदै आएको छ। गुणस्तरीय उत्पादन र सेवा प्रदान गर्दै सीजी ब्रान्डले विगत लामो समयदेखि नेपाली जनताको जीवनलाई सहज बनाउँदै आएको छ।
हाल सीजी ब्रान्डका नेपालभर आफ्नै शोरुममार्फत उत्कृष्ट उत्पादन र सेवा दिँदै आाएको छ। यसका साथै भविष्यमा देशको हरेक कुनासम्म पुग्ने लक्ष्य पनि लिएको छ।
नजिकै कुनै शोरुम उपलब्ध नभए पनि आफ्नै ई–कमर्स प्लेटफर्मले सुसज्जित सीजी ब्रान्डका उत्पादन तथा सेवा जहाँबाट पनि लिन सकिने कम्पनीले जनाएको छ। सीजी मेरिडिया, इलेक्ट्रोनिक्स र घरेलु उपकरणको प्रिमियम ब्रान्ड हो। जुन सीजी ब्रान्डको पोर्टफोलियोमा सबैभन्दा नयाँ थपिएको सब–ब्रान्ड हो। सीजी मेरिडियाको अति परिष्कृत डिजाइन र प्राविधिक उत्कृष्टताले गर्दा विश्वका उत्कृष्ट ब्रान्डसँग दाँज्न मिल्छ। यस प्रिमियम सेगमेन्टको सुरुआतसँगै सीजी ब्रान्ड, उत्कृष्ट ब्रान्ड खोज्ने नेपाली ग्राहकलाई थप छनौटको अवसर मिलेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19