काठमाण्डौ । सीताराम गोकुल मिल्क्स काठमाण्डौ प्रालिले सीताराम दूध उत्पादन र बिक्रीवितरणको २५ बर्ष पुगेको शुभ अवसरमा विभिन्न उत्पादनहरु बजारमा ल्याएको छ। 

सीताराम दूध नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो दूध तथा दुग्धजन्य पदार्थ उत्पादन गर्ने डेरी हो। केडिया अर्गनाइजेसनको भागिनी संस्थाका रुपमा स्थापना भएको सीताराम गोकुल मिल्कसको उत्पादन कारखाना कीर्तिपुरको दूधपोखरीमा रहेको छ।  

सीताराम दूध आमनेपालीहरुले विगत २५ बर्षदेखि सेवन गर्दै आइरहेका छन्। आधुनिक प्रविधिसँगसँगै सीतारामले आमनेपालीको भान्सामा आवश्यक पर्ने सीतारम दूध, सीताराम घिउ, पनिर बटर र चिनीसहित र चिनीरहितको दही, सीताराम फ्रेस मिल्क तथा लस्स्सी बजारमा बिक्री बितरणमा ल्याएको हो। 

एउटा दूग्ध उत्पादक डेरीको उत्पादन अब एउटै बास्केटमा आएको सीताराम डेरीका प्रबन्ध निर्देशक सुमित केडियाले बताए। ‘हामीले आमग्राहकको सल्लाह र सुझाव बमोजिम सीतारामका उत्पादनहरु बजारमा ल्याएका छौँ र आमसर्बसाधरण सबैले सजिलै बिभिन्न डिपार्टमेन्टल स्टोरजस्तै भाटभटेनी, बिगमार्टलगायत अन्य मार्ट तथा पसलहरुमा पाउनुहुनेछ’, उनले भने, ‘सीतारम डेरीको आफ्नै आउटलेट कुलेश्वरबाट समेत खरिद गर्न सक्नुहुनेछ।’