काठमाण्डौ । प्रभु बैंक लिमिटेडले सोमबारदेखि सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित कालाबञ्जरमा आफ्नो १९५ औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

बैंकको शाखा कार्यालयको उद्घाटन बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालले एक समारोहका बीच गर्नुभएको छ । मेयर खनालले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ पहुँच नपुगेको ठाउँमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घरआँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताउनुभयो । उहाँले प्रभु बैंकको यो अभियानले बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेकोले सफलताको कामना गर्नुभयो ।

उद्घाटन कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय व्यापारी, बुद्धिजीवीलगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति थियो ।

कालाबञ्जर शाखाबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारण, व्यवसायिक फर्म, कम्पनी तथा संघसंस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवाउपभोग गरी लाभान्वित हुने बैंकको विश्वास छ । स्थानीय सर्वसाधारणमा बैंकिङ बानीको विकास भई स्थानीयस्तरको सम्पूर्ण आर्थिक कारोबार बैंकिङ प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा कालाबञ्जर शाखा कार्यालयले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बैंकले जनाएको छ।

बैंकले हाल १९५ शाखा, २९ एक्टेन्सन काउण्टर, १९ शाखारहित बैंकिङ तथा १५२ एटीएममार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

बैंकले गत आर्थिक वर्षमा रु। २ अर्ब ८६ करोड ७६ लाख ९३ हजार सञ्चालन मुनाफा गरेको थियो ।