local election
काठमाण्डौ । बुधबार भएको दोश्रो चरणको मतदान अन्तर्गत प्रारम्भिक नतिजामा कांग्रेसले अग्रता लिएको छ । पहिलो चरणको निर्वाचनमा सुरुदेखि नै निकै अगाडि देखिएको एमाले दोश्रो चरणमा भने दोश्रो स्थानमा देखिएको छ । निकै प्रारम्भिक चरण रहेकोले यही अवस्था अन्तिमसम्म रहला भन्नु मूर्खता होला, तर दोश्रो निर्वाचनमा एमालेलाई झट्का पो लाग्ने हो कि भन्ने संकेत देखिएको छ।
पछिल्लो परिणाम अनुसार कांग्रेस २० स्थानमा अगाडि छ भने एमाले १७ स्थानमा अगाडि छ । माओवादी केन्द्र ९ स्थानमा अगाडि छ । फोरम लोकतान्त्रिक ३ स्थानमा अगाडि छ ।
तर, अन्तिम मत नतिजा आइसकेका वडाहरुमा भने एमाले अगाडि देखिएको छ । एमालेले हालसम्म ५ वटा वडाको अध्यक्षसहित प्यानलमै जित हासिल गरेको छ भने कांग्रेसले २ वडाअध्यक्षमा बाजी मारेको छ ।
निर्वाचन आयोगका अनुसार बाजुराको गौमुल गाउँपालिका वडानम्बर ६ को वडाध्यक्षमा एमालेका प्रकाश रोकाया विजयी भएका छन् । गाउँपालिका प्रमुख र उपप्रमुखमा पनि एमालेकै अग्रता छ । यस्तै, बझांगको मस्टा गाउँपालिका वडानम्बर १ मा पनि एमालेको राजेन्द्र खड्कोको प्यानल नै विजयी छ । वडानम्बर ७ मा पनि एमालेका बमबहादुर बोहोरोको प्यानल जित नजिक छ । बझाङको काँडा गाउँपालिका १ मा एमालेका गोपाल बोहोराको प्यानल नै विजयी भएको छ ।
बाजुराको बडिमालिका नगरपालिका वडानम्बर १ वडाध्यक्षमा कांग्रेसका रामबहादुर कार्की विजयी भएका छन्, यो नपाको मेयरमा कांग्रेसको अग्रता छ । बडिमालिका नगरपालिका वडानम्बर २ मा भने एमालेको प्यानलले बाजी मारेको छ । यो क्षेत्रमा
रोल्पाको सुकिदह गाउँपालिका वडानम्बर १ मा कांग्रेसको प्यानल नै विजयी भएको छ। वडाअध्यक्षमा अजमत डाँगी ३२२ मतले विजयी भएका हुन् । यो क्षेत्रमा एमालेका चूडामणि ओलीले २२७ मत ल्याएका थिए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago