काठमाण्डौ। नेपालको अग्रणी अनलाइन बजार ‘दराज’ले आफ्नो सबैभन्दा ठूलो एकदिवसीय सेल ११.११ सुरु भएको घोषणा गरेको छ।
यो अभियान आधिकारिक रुपमा कात्तिक २४ ९नोभेम्बर १०० मध्यरातमा सुरु भएको छ भने यस वर्षको ११.११ विगतका वर्षहरुभन्दा ठूलो हुने र आफ्ना ग्राहकलाई थप आकर्षक र रोमाञ्चक सङिग अनुभव प्रदान गर्ने दराजले आश्वासन दिएको छ।
यस अभियानको मुख्य हाइलाइटहरु भने ११ लाख सामानहरुमा ५ करोडसम्मको छुट, रु ११ हजारसम्मको मेगा भाउचर, प्रिपेमेन्टमा १५% अधिकतम रु ३ हजार ५०० सम्म छुट, खेल एक रुपैयाँ र मेगा गिभअवेका रूपमा ११ टीभीएस रेडर मोटरसाइकल रहेको कम्पनीले जनाएको छ।
थप हाइलाइटहरु समावेश छन्– एड टु कार्ट, फलो एन्ड विन, रिभ्यु एन्ड विन, नयाँ युइजर भाउचर, रिफर एन्ड विन र दराज जेम्स।
बैंक छुटको सन्दर्भमा, ११.११ मा किनमेल गर्ने ग्राहकले डेबिट कार्डमार्फत १५% अधिकतम रु ३ हजार र क्रेडिट कार्डमार्फत १५% अधिकतम रु ३ हजार ५०० बचत गर्न सक्नेछन्। नबिल बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक, बैंक अफ काठमाण्डू, मेगा बैंक, एनसीसी बैंक, हिमालयन बैंक, एभरेष्ट बैंक, सिटिजन्स बैंक र सांग्रिला बैंकका ग्राहकले माथि उल्लेखित छुटहरु प्राप्त गर्न सक्नेछन्। यी प्रिपेमेन्ट छुटहरु सीमित अवधिका लागिमात्र प्रत्यक्ष हुनेछन्। तसर्थ, ग्राहकलाई ११.११ सुरु हुनेबित्तिकै छुटहरु प्राप्त गर्न अनुरोध गरिन्छ।
यसैगरी एनआईसी एशिया बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, एनएमबी बैंक र माछापुच्छ्रे बैंकका क्रेडिट कार्डका माध्यमबाट ण्५ ब्याजमा सजिलो मासिक किस्ता योजनाको मजा लिन सक्नेछन। यसका साथै आईएमईपे वा इसेवामार्फत भुक्तानी गर्ने ग्राहकले १५% अधिकतम रु १ हजार १११ सम्मको अतिरिक्त छुट पाउन सक्नेछन्। दराज प्रयोगकर्तालाई छुट प्राप्त गर्नका लागि आफ्नो बैंक कार्ड सक्रिय गर्न सल्लाह दिइएको छ।
यस वर्षको ११.११ मा नयाँ रियलमी जीटी नियो टु जीको विशेष लन्चको साथै फेसन, इलेक्ट्रोनिक्स, घरेलु उपकरणहरु र थप अन्य विभिन्न कोटीहरुमा विशेष डिल्स र प्रस्तावहरु रहेका छन्। सामसुङ, फिलिप्स, रोटो, सिजी डिजिटल, लेनोभो र अन्य गरी २२ प्रचालित ब्रान्डहरुले विशेस छुट दिने जानकारी सँगसँगै टीभीएस, कोका कोला र सन्सिल्क ११.११ का विशेष साझेदारहरु रहेको कुरा पनि कम्पनीले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago