काठमाण्डौ । मोरु डिजिटल वालेट मार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा सञ्चालनमा आएको छ।
हालै पे नेप प्राइभेट लिमिटेड (मोरु) ले स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) सँग सम्झौता गरी मोरु डिजिटल वालेट एपमार्फत ‘स्मार्ट क्यूआर’ सेवा सुरु गरेको हो।
यससँगै मोरु एप प्रयोगकर्ताले देशभरका १ लाख ६० हजारभन्दा बढी मर्चेन्टमा क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन्। यसका साथै मोरु वालेट प्रयोगकर्ताले हाल बिग मार्टमा किनमेल गर्दा मोरु वालेटमार्फत ‘स्मार्ट क्यूआर’ प्रयोग गरी भुक्तानी गरेमा १५% वा ३०० सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।
यसैगरी भविष्यमा स्मार्ट क्यूआर भुक्तानीमा मोरु प्रयोगकर्ताले धेरै आकर्षक अफर पनि प्राप्त गर्न सक्ने जानकारी सार्वजनिक गर्नेसमेत स्मार्ट क्यूआर नेटवर्क सञ्चालक स्मार्ट च्वाइस टेक्नोलोजिज् र मोरुले संयुक्त रूपमा जानकारी दिएका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19