काठमाण्डौ । टाटा मोटरसको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आजदेखि आफ्ना १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रमा मेगा सर्भिस क्याम्पको सुरुआत गरेको छ।  

यी केन्द्रहरुमध्ये ३ वटा काठमाण्डौ उपत्यकाका बागडोल, बालकुमारी र सोल्टीमोडमा अवस्थित छन्। बाँकी ९ वटा उपत्यकाबाहिर पोखरा, इटहरी, मेची, वीरगन्ज, ढल्केबार, हेटौँडा, सर्रा,  धनगढी र नेपालगन्जमा छन्।  

यो क्याम्पको उद्घाटन ललितपुरस्थित बागडोलमा आयोजित एक समारोहबीच टाटाअन्तर्गतको इन्टरनेसनल बिजनेस (पेसेन्जर भेहिकल) का प्रमुख मायांक बल्दी, सिप्रदी ट्रेडिङका सीईओ राजनबाबु श्रेष्ठ, टाटाका कन्ट्री मेनेजर (नेपाल एवं भुटान) अजीतनारायण सिंह, सिप्रदीका सीओओ राजेशप्रसाद गिरी र सिप्रदीका उपाध्यक्ष सौरभराज थपलियाले संयुक्त रुपमा गरेका थिए। 

उद्घाटन कार्यक्रममा सम्बद्ध विशिष्ट अधिकारीहरुलाई टाटा मोटरसका रिजनल कस्टमर केयर (दक्षिण एसिया) मेनेजर रंधिरकुमार चौधरी तथा सिप्रदीका कस्टमर केयर (पेसेन्जर भेहिकल)का प्रमुख कुमार भण्डारीले स्वागत गरेका थिए। 

तीनदिने क्याम्पमा टाटाका ‘पेसेन्जर’ श्रेणीका गाडीहरुको अत्यन्त प्रभावकारी ढंगले आवश्यक जाँच गरिँदैछ। यस्तो जाँच गराउँदा गाडीधनीले विभिन्न आकर्षक छुट एवं अन्य सुविधा प्राप्त गर्नेछन्।

म्याक लुब्रिकेन्ट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्सको खरिदमा क्रमशः १८, १५ र १८  प्रतिशत छुटलगायत टप वासिङ, कम्प्युटर डायग्नोसिस,  सस्पेन्सन चेक–अप, ब्याट्री र इलेक्ट्रिकल चेक–अपको सुविधा पनि निःशुल्क प्रदान गरिँदैछ। 

यसका अतिरिक्त यो क्याम्पमा सञ्जीवनी इन्जिन प्याकेजअन्तर्गतको रु .४ हजार नगद फिर्ताको पनि व्यवस्था छ। 

‘हाल नेपालमा टाटाका  पेसेन्जर’ श्रेणीका गाडीहरु बजार द्रुत गतिमा भइरहेको छ। यसै सन्दर्भमा त्यस्ता गाडीका ग्राहकलाई उत्कृष्टभन्दा उत्कृष्ट तवरले सेवा प्रदान गर्ने मुख्य उद्देश्यसहित मेगा सर्भिस क्याम्पको आयोजना गरिएको कम्पनीले जनाएको छ। यो क्याम्पमा ग्राहकको उत्साहजनक सहभागिता हुने पनि कम्पनीको विश्वास छ।