काठमाण्डौ । नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मूलपानी जुम्ला रोडमा आफ्नो नयाँ डिलर एमपी मोटोहवको स्थापनासँगै सुसज्जित र पूर्ण रुपमा सञ्चालित जावा मोटरसाइकलको विशिष्ट शोरुम खोलेको छ।

अग्नि मोटोइंक प्रालिका महाप्रबन्धक शरद मिश्रले आज बुधबार शोरुमको उद्घाटन गरेका हुन्। बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा र नेपालगन्जका विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सुलभ रूपमा जावा मोटरसाइकलहरू उपलब्ध गराइसकेपछि सुर्खेतमा नयाँ डिलर नियुक्तिसँगै पूर्णसुसज्जित शोरुम स्थापना गरेको हो।

उद्घाटनका क्रममा महाप्रबन्धक मिश्रले जावा मोटरसाइकल सहर र राजमार्गहरुमा हाँक्नका लागि निकै आनन्ददायक रहेको बताए। ‘हामीसँग फरक–फरक व्यक्तित्वलाई सुहाउने फरक–फरक मोडलहरू छन्, उदाहरणका लागि भीडभन्दा बाहिर उभिनबाहेक अरु केही नचाहने तथा आफ्नो मोटरसाइकल आफ्नो रुचिअनुकूल संरचित गर्नका लागि ठूलो पैसा खर्च गर्ने सोचमा हुनेहरूका लागि पेराक एउटा रोचक विकल्पको रूपमा आउँछ भने जावा र जावा फोर्टी–टूले यसअघि नै नै देशभरि तरंग सिर्जना गरिसकेकोे छ’, उनले भने, ‘यसर्थ जावा मोटरसाइकल सुर्खेत बजारमा पनि विशेषगरी युवाहरू र मोटरसाइकल प्रेमीहरुका बीच सफल हुनेमा हामी सुनिश्चित छौँ।’

एमपी मोटोहबका प्रबन्ध निर्देशक रोशन तिवारीले भने, “हाम्रो थातथलोमा क्लासिक लिजेन्ड्सका जावा मोटरसाइकल ल्याउन पाउँदा हाम्रा लागि गर्वका कुरा हो। हाम्रो सुर्खेत र यसका वरिपरिका क्षेत्रमा मोटरसाइकल प्रेमीहरूका लार्गि यी क्लासिक मोटरसाइकलहरू उपलब्ध गराउन पाउँदा हामी निकै उत्साहित भएका छौँ।’

जावा एक प्रमाणिक र प्रतिष्ठित ब्रान्ड रहेको उल्लेख गर्दै तिवारीले यसले निश्चित रूपमा मोटरसाइकल प्रेमीहरूको स्वायत्त चाहनालाई पूरा गर्नेमा आफू आशावादी रहेको बताए। 

कम्पनीका अनुसार मोटरसाइकलप्रेमीहरुले अब जावा, जावा फोर्टी–टु र फ्याक्ट्री–निर्मित पहिलो बब्बर पेराक मोडलसहित जावा मोटरसाइकलका विभिन्न मोडल बुक गर्न तथा वीरेन्द्रनगर नगरपालिका–३ मूलपानी, जुम्ला रोड र वरिपरिका क्षेत्रमा ‘टेस्टराइड’ का लागि ०८३–५२२०८०/९८५८०५१५०९ कल गर्न सक्नेछन्।