काठमाण्डौ । नेपालका लागि सेगवे सवारीसाधनको आधिकारिक वितरक आईहव प्रालिले आगामी दसैँ, तिहार र छठका अवसरमा ग्राहकलाई आकर्षक छुट र पुरस्कारहरु उपलब्ध गराउने भएको छ। 

‘यो दसैँतिहार सेगवेको साथ, उपहार ७’ योजना नेपालमा सेगवेको दुईपांग्रे सवारीसाधनको आक्रमक बजार रणनीति र विस्तारको निरन्तरता हो। यो योजना नेपालका सबै सेगवे ई–स्कुटरका लागि मान्य हुनेछ।

सेगवेले नेपाली ग्राहकका लागि विविधता र गुणस्तर दुवै सुनिश्चित गरी उत्पादन उपलब्ध गराउने योजना बनाएको छ।

यस अफरमा ग्राहकले कुनै पनि सेगवेको उत्पादन खरिद गर्दा रु. १० हजार नगद छुट अमेजफिट ब्यान्ड ५ वा अमेजफिट नियो ब्यान्डजस्ता निश्चित पुरस्कार जित्न सक्नेछन्। यसका साथमा निःशुल्क बीमा र सडक कर पनि हुनेछ। 

यसैगरी ग्राहकले लक्की ड्रमार्फत विभिन्न पुरस्कार जित्ने अवसर पनि प्राप्त गर्नेछन्। लक्की ड्रमार्फत २ जनाले किक स्कुटर (एफ४०), २ जनाले स्मार्ट फोन (मिइजु एम१७) र ५ जनाले अमेजफिट जीटीएस २ स्मार्ट घडी जित्नेछन्। यसका साथै एक्सचेन्ज सुविधा, निःशुल्क एएमसी र ईएमआईको सुविधा पनि छ।

सेगवेले मोपेड होस् या वा रोबोट आफ्ना सम्पूर्ण उत्पादनमा उत्कृष्टता निश्चित गरेको छ। यो ब्रान्ड एक ट्रेन्डसेटर भएको छ र यसका सबै उत्पादन विश्वव्यापी स्तरमा प्रयोग भइरहेका छन्। यसका उत्पादनहरु मितव्ययी हुनुका साथै ठूलो बजारलाई आकर्षित गरिरहेको छ। 

नयाँ सार्वजनिक र रोमाञ्चक उत्पादनहरूका साथ सेगवेले साझा मोबिलिटी क्रान्ति र नवीन समाधानहरुका साथ नेपालको सवारीसाधन बजारमा थप विस्तार गर्ने आफ्नो महत्वाकांक्षालाई पुनः बलियो बनाएको छ।